मोरङ अटोमोबाइल्सको अध्यक्षमा आचार्य

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार ११:१२

विराटनगर । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समिति बनाएको छ ।

डिल्लीराम आचार्यको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएका छन् ।

समितिको उपाध्यक्षमा मनोज विक्रम शाह, सचिव जीवन पोखरेल, सहसचिव रूपेश बराल र कोषाध्यक्षमा रवि अग्रवाल चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरू उत्कृष्ट भट्टराई, गंगाप्रसाद शर्मा, राजेशकुमार भगत, प्रतीक थापा, शशि मोहन सिन्हा चयन भए भने मनोजकुमार चौधरी र निशार अहमदलाई सदस्यमा मनोनीत गरिएको छ ।

एक कार्यक्रमकाबीच निवर्तमान अध्यक्ष सञ्जय श्रेष्ठले नेतृत्व हस्तान्तरण गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.