
काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज (आइतबार) बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । १ तोला चाँदी २ हजार १ सय ६५ मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

























