औषधि व्यवसायी संघ मोरङको साताव्यापी कार्यक्रम

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३, मंगलबार १४:३१

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले साताव्यापी कार्यक्रम घोषणा गरेको छ । संघले ५२ औं स्थापना दिवसको अवसरमा असार ४ गते बुधबारदेखि १० गतेसम्म विविध कार्यक्रम गर्ने भएको हो ।

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष देशबन्धु ढकालले २०३० मा स्थापना भएको संघले औषधि व्यवसायको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताए । प्रत्येक वर्ष असार १० गते मनाइने स्थापना दिवसलाई यसपटक विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।

औषधि व्यवसायी केवल व्यापारिक गतिविधिमा मात्र सीमित नरहेर समुदायिक स्वास्थ्य सेवा र सामाजिक कल्याणमा योगदान पुर्याउने काममा पनि सक्रिय रहेको ढकाल बताउँछन् । साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन असार ४ गते विराटनगरस्थित कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण गरिने छ ।

असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधि सम्बन्धी जनचेतनामूलक कार्यक्रम, ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण र असार ७ गते विराटनगर महानगरपालिका– ८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम राखिएको छ ।

असार ८ गते संघको भवन विराटनगरमा वरिष्ठ औषधि व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान कार्यक्रम राखिएको छ । असार ९ गते हस्पिटल चोक विराटनगरमा रक्तदान र असार १० गते बिहान ७ बजे हस्पिटल चोकदेखि संघको भवनसम्म प्रभातफेरी कार्यक्रम हुने ढकालले बताए ।

उनका अनुसार असार १० गते नै बिहान ९ बजे झण्डोत्तोलन र औपचारिक समापन समारोह तथा साँझ दीप प्रज्वलन कार्यक्रम राखिएको छ । विभिन्न कार्यक्रमका लागि संयोजकसमेत तोकिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×