सुनचाँदीको मूल्य बढ्यो

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार ११:०२

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य मंगलबार १ लाख ९५ हजार रूपैयाँ थियो ।

चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले बढेको महासंघले उल्लेख गरेको छ । भाउ बढेसँगै चाँदी तोलाको २ हजार २ सय २५ रूपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार १ सय ६० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.