कराँते खेलाडीको बिदाइ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार २०:१६

विराटनगर । थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले बिदाइ गरेको छ ।

बैंककमा आयोजना हुने ‘थाइल्यान्ड ओपन कराँते च्याम्पियनसिप’ मा भाग लिन जान लागेका मोरङको बुढीगंगास्थित न्यु सेप कराँते एकेडेमीका खेलाडी तथा अफिसियललाई सोमबार विराटनगरमा एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले कराँते खेलाडीलाई बिदाइ गरे । उनले खेलाडीहरूलाई जितको शुभकामना दिँदै प्रतियोगितामा पदक जित्ने खेलाडीलाई बोर्डले सम्मान गर्ने बताए ।

बोर्ड सधैँ खेल र खेलाडीको पक्षमा रहेर काम गर्दै आएको उनले प्रस्ट्याए ।

बैंककमा जुन २६ देखि २९ तारेखसम्म हुने प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा ५ जना खेलाडी, २ जना रेफ्री, १ जना टिम व्यवस्थापक र १ जना प्रशिक्षकसहित ९ सदस्यीय टोली जाने अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरले जानकारी दिए । यस प्रतियोगितामा टोलीको तेस्रो पटक सहभागी हुन लागेको हो ।

यसअघि सन् २०२३ मा भएको प्रतियोगितामा न्यु सेपका संयुना मगरले स्वर्ण र जिसम लुंगालीले कांस्य पदक जितेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.