एसइई कप : जनपथ, डनबस्को, आदर्श र केएमसी विजयी 

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार २१:०३

विराटनगर । जनपथ, डनबस्को, आदर्श र केएमसी स्कुल विराटनगरमा जारी चौथो एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी भएका छन् ।

पोखरिया युथ केयर एकेडेमीले विराटनगर –१ स्थित परोपकार खेल मैदानमा सोमबारको पहिलो खेलमा जनपथ माविले देवकोटा माविलाई ५–० को फराकिलो गोलले पराजित गर्‍यो ।

जनपथका लागि विशाल मरिकले २ गोल गरे भने प्रशान्त ऋषिदेव, अरुण मरिक र करण राईले समान १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच जनपथका विशाल मरिक भए ।

दोस्रो खेलमा डनबस्को स्कुलले गोदावरी स्कुललाई ३–० गोलले पराजित गरेको छ । डनबस्कोका लागि प्रकाश कामत, नितेश राजवंशी र विधान भण्डारीले समान १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच डनबस्कोका निकुश खतिवडा भए ।

त्यस्तै, तेस्रो खेलमा आदर्श माविले शारदा स्कुललाई ३–१ गोल अन्तरमा पराजित गर्‍यो । आदर्शका लागि युसन लिम्बू, सलोक बस्नेत र करण यादवले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए ।

एक मात्र सान्त्वना गोल शारदाका लागि सुवास ऋषिदेवले गरे । आदर्शका युसन लिम्बू प्लेयर अफ द म्याच भए ।

चौथो खेलमा केएमसी स्कुलले गोग्रहा माविलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । खेलको प्लेयर अफ द म्याच केएमसीका गोलरक्षक साजिद अख्तर भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.