एसइई कप : अर्पण, डीपीएस, स्मृति र शारदा स्कुल विजयी 

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार २०:१७

विराटनगर । विराटनगरमा जारी फुटबल प्रतियोगितामा अर्पण, डीपीएस, स्मृति र शारदा स्कुल विजयी भएका छन् ।

पोखरिया युथ केयर एकेडेमीले आयोजना गरेको चौथो एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा अर्पण सेकेन्डरी बोर्डिङ स्कुलले विराट शिक्षा निकेतनलाई १–० गोलमा पराजित गरेको छ । अर्पणका लागि एक मात्र गोल गरेको राजन थापा प्लेयर अफ द म्याच भए ।

अर्को खेलमा दिल्ली पब्लिक स्कुल (डीपीएस) ले दर्पण स्कुललाई ३–० गोल अन्तरमा पराजित गरेको छ । डीपीएसका लागि अमन खवासले २ गोल र प्लेयर अफ द म्याच जेनिल विष्टले १ गोल गरे ।

त्यस्तै, स्मृति स्कुलले युनिक एकेडेमीलाई २–१ गोलले पराजित गरेको छ । स्मृतिका लागि सौगात चौधरीले २ गोल गरे भने युनिकका रोहन सरदारले सान्त्वना गोल गरे । प्लेयर अफ द म्याच स्मृति स्कुलका सौगात चौधरी भए ।

अन्तिम खेलमा शारदा बोर्डिङ स्कुलले वीरेन्द्र माविलाई १–० गोल अन्तरमा पराजित गरेको छ । प्लेयर अफ द म्याच समिर आलमले गोल गर्दै टोलीलाई विजयी बनाए ।

प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल इडेन स्कुल र मदरल्यान्ड स्कुल तथा   सत्यनारायण मावि र सरस्वती माविबिच खेल हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.