
काठमाडौं । भुटानको थिम्पु सिटी एफसीमा २ जना नेपाली महिला खेलाडी अनुबन्धित भएका छन् ।
नेपाली राष्ट्रिय महिला यु २० टोलीका पूर्व खेलाडी अञ्जली चन्द र सविना चौधरी अनुबन्धित भएका हुन् ।
थिम्पुबाट सन् २०२५ को भुटान महिला राष्ट्रिय लिगमा उनीहरूले प्रतिस्पर्धा गर्ने छन् । २०२५ अक्टोबरसम्मका लागि उनीहरूको सम्झौता रहेको बताइएको छ ।
थिम्पु अहिले लिगको अंक तालिकामा गोल अन्तरका आधारमा चौथो स्थानमा छ । टोलीले आफ्नो सुरुवाती २ खेल जितेको छ । अञ्जली मिडफिल्डर र सविना चौधरी डिफेन्डर हुन् ।



















