सन्दीप लामिछानेले विराटनगरबाटै एनपीएल खेल्ने

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार १५:२७

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले विराटनगर किङ्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण खेल्ने भएका छन् ।

विराटनगर किङ्सले शनिबार सामाजिक सञ्जाल मार्फत सन्दीप मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ ।

पहिलो सिजन उनी विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौं भएको थियो ।

गत सिजन विराटनगरका लागि लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी, नरेन भट्टले खेलेका थिए । एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन पनि हुने तय छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.