नेपालसँग भुटान पराजित, ६–१ गोलको अन्तर

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार ०५:४१

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।

ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८, ६३ र ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

Advertisement

भुटानमाथि हाबी हुने क्रममा नेपालले पहिलो हाफमा ३ गोल प्रहार गरेको थियो । दोस्रो हाफमा भुटानले १ गोल फर्काउँदा नेपालले ३ गोल थप्यो । नेपालका लागि ९ औं मिनेटमा सेनु परियारले गोलको खाता खोलिन् ।

खेलको १८ औँ मिनेटमा पूर्णिमा राईले गोल थपेर खेललाई २–० को अग्रता दिलाइन्।‌ नेपालले पहिलो हाफमा तेस्रो गोल भने थप गरिएको समयमा गर्यो । नेपालका लागि सेनु परियारले बक्स भित्रबाट गोल गरिन्।

खेलको ५४ औं मिनेटमा भुटानले गोल फर्काएको थियो । भुटानका लागि केल्डेन वाङ्मोले नेपालबाट राम्ररी डिफेन्स नभएको बलमा बायाँ तर्फबाट गोल गरेकी हुन् । ६३ औँ मिनेटमा पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन्।

८३ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै नेपालको जित पक्का गरिन् । नेपालले दोस्रो खेल १३ जुलाईमा घरेलु टिम बंगलादेशसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
देवानगन्ज घटनाको विरोधमा आगजनी र तोडफोड, आधा दर्जन बढी पसलमा क्षति
कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
कप्तानगन्ज घटनापछि तीन पालिकाको शोक, बिदा र सद्भावको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×