एनपीएलका लागि खेलाडी दर्ता खुला

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार ०८:४३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी दर्ता खुलेको छ ।

एनपीलको अक्सनका लागि खेलाडी दर्ता खुला भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको को छ ।

क्यानले प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जनाएको हो । क्यानका अनुसार खेलाडीले आफ्नो इच्छाअनुसार  ‘ए’,  ‘बी’ र  ‘सी’ गरी ३ श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन् ।

पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले वेबसाइटमा गएर नाम दर्ता गर्न सक्ने जनाएको छ । दर्ता शुल्क १ हजार कायम गरिएको छ ।

साउन ६ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.