
काठमाडाैं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
प्रशिक्षक स्टुअर्ट लले अक्टोबरमा ओमानमा हुने छनोट खेलका लागि पहिलो चरणमा ३२ खेलाडीलाई बोलाएका हुन् । ३२ जनाकाे टाेलीमा आदिल अन्सारी पनि अटाएका छन् ।
वैशाखमा क्रिकेटर अन्सारीमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा भएको थियो। क्यानको इन्टीग्रिटी समितिले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै प्रतिवेदन दिएको थियो ।
क्यानको आयोजना र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापनमा गत २०७९ को पुसमा भएको नेपाल टी-२० क्रिकेट लिगका दौरान अन्सारीलाई स्पट फिक्सिङको आरोप लागेको थियो । त्यसपछि उनलाई प्रतिबन्ध लगेको थियो ।
अन्सारीले नेपाली टोलीबाट ६ वटा एकदिवसीय र ८ टी-२० खेल खेलेका थिए ।
नेपाली टोली
१ रोहित कुमार पौडेल
२ दीपेन्द्र सिंह ऐरि
३ कुशल भुर्तेल
४ अनिल साह
५ आसिफ सेख
६ लोकेस बम
७ भीम सार्की
८ कुशल मल्ल
९ आरिफ सेख
१० नन्दन यादव
११ करण के सी
१२ सोमपाल कामी
१३ रिजन ढकाल
१४ सन्दीप लामिछाने
१५ प्रतिस जीसी
१६ ललित नारायण राजवंशी
१७ गुलशन कुमार झा
१८ रुपेश कुमार सिंह
१९ बसिर अहमद
२० साहब आलम
२१ युवराज खत्री
२२ किरण ठगुन्ना
२३ सागर ढकाल
२४ आकाश चन्द
२५ विवेक कुमार यादव
२६ आदील अन्सारी
२७ पवन सर्राफ
२८ सन्दीप जोरा
२९ शेर मल्ल
३० सुभ कंसकार
३१ अर्जुन घर्ति
३२ कमल सिंह ऐरि
विश्वकप छनोटअघि नेपालले अगस्ट दोस्रो साता अस्ट्रेलियामा तयारी गर्नेछ । नेपाली टिमले अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजमा ६ टोलीसँग खेल्नेछ ।
नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ ।



















