
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छन् ।
अस्ट्रेलियाको ‘ए’ लिगको नयाँ सिजन सन् २०२५ / ०२६ का लागि फिनिक्सले साम्बालाई अनुबन्ध गरेको हो । साम्बाले फिनिक्सबाट खेल्ने भएकी छन् ।
साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत ग्वेंगाम्पबाट अलग भएको बताएकी हुन् ।
साम्बासँग इजरायलदेखि भारत, माल्दिभ्ससम्म लिग खेलेको अनुभव रहेको छ



















