सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै 

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १, बिहीबार १८:०६

काठमाडौं । आईएसटीएफ विश्व च्याम्पियनसिपको ३८ औँ संस्करणमा सहभागी हुन ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार थाइल्यान्ड जाने भएको छ ।

पुरुष खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन र मिजास लामा रहेका छन् । महिलामा सुमित्रा डंगोल र निरू थापा मगर छन् ।

जुलाई २२ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।

अफिसियल / व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायकमा मेघराज तोलङगी र आईटीओमा नेसिर मास्के रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.