संघर्षको यात्रा

Share this
670shares
मुलुकी खबर
करिना थलङ याङ्निम
clock२०८२ साउन ३, शनिबार १२:३७

धेरैले सोचे
सपना सजिलै साकार हुन्छ
तर, थाहा थिएन उनीहरूलाई
सपना त बन्छ
आँसु र पसिनाबाट ।

घामले पोल्दा पनि हाँस्नुपर्छ
अन्धकारमा पनि बाटो खोज्नुपर्छ
ठेस लाग्यो भन्दै रोकिँदा
लक्ष्यमा कहिल्यै नपुगिएला
शिखर कहिल्यै नचुमिएला ।

संघर्षले बनाउँछ मानिसलाई बलियो
जसरी फलामलाई पनि आकार दिन पगाल्नुपर्छ
यदि छालसँग लड्ने हो भने
पहिले डरको डुबान पार गर्नुपर्छ ।

एकदिन तिम्रो बेग्लै पहिचान हुनेछ
तिमिलाई मान्छे नमान्ने समाजले
एकदिन पक्कै मान्छे बनाउनेछ
पर्ख त्यो समय
र, कठिन यात्रामा निस्क ।

सपनाले हर्ष दिन्छ
संघर्षले मूल्य
गिऱ्यौ भने उठ फेरि
कसैले भन्दा अगाडि बोल
म त यतै छु हेरी ।

हराएको ठान्नेहरूले
खोज्नेछन् एकदिन तिमीलाई
संघर्षको इतिहास कोरिनेछ
तिमीले बनाएको यात्रामा ।

त्यसैले,
थाक्दा पनि नरोकिनु
सपनालाई साथ दिनु
संघर्षलाई आकाश दिनु ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.