
काठमाडौं । नेपाल जिम्न्यास्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशील प्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की रहेका छन् ।
त्यस्तै, मुकुन्दराज शर्मा महासचिव, रामप्रसाद बस्याल र डा. कुस्मिला आचार्य सचिव, सुनिलमान सिंह कोषाध्यक्ष र संगीता खड्का सह कोषाध्यक्ष निर्वाचित भए ।
समितिको सदस्यमा सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, निरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायस्थ, परमेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी चयन भए ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।



















