भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा 

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार १५:४४

विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा मंगलबार भएको साधारण सभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिव ध्रुवकुमार प्रधान, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ चयन भए ।

त्यस्तै, समितिको सदस्यमा दीपेन्द्र थापा, शुभाशिष ष्कोइराला, ज्योतिप्रसाद पौडेल,  परशुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन भएका हुन् ।

नेपाल भारोत्तोलन संघका केन्द्रीय प्रतिनिधि अशोक शाहीको अध्यक्षता तथा मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य श्री डिल्लीराम डाँगीको उपस्थितिमा तदर्थ समिति चयन भएको हो

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.