‘लेनदेन’

Share this
751shares
मुलुकी खबर
सूचना घिमिरे
clock२०८२ साउन १०, शनिबार ११:४३

एक थुँगा फूल चढाउँछ मान्छे,
र भगवानसँग माग्छ
जसरी दुई दाममा कसैलाई
लगाउँछ काममा ।

कोही भोक चढाउँछ,
कोही प्रसाद,
केही पाउने आशमा
चढाइरहन्छ, ढोगिरहन्छ,
नतमस्तक भइरहन्छ मान्छे ।

प्राप्ति नै धर्म भइसक्यो सायद,
त्यसैले त प्रेम पनि दिन्छन्
केवल प्रेम पाउने आशमा ।

निःस्वार्थ प्रेम त कथामै बाँच्छ,
सम्बन्ध स्वार्थले जोडिन्छ,
भावनामा पनि मिसावट भेटिन्छ ।

यहाँ,
श्वास पनि त लेनदेन जस्तै छ,
एउटा दिएर अर्को लिइन्छ ।

जिन्दगी यही हो सायद,
बाँचुन्जेल
चलिरहने लेनदेनको सिलसिला
र प्राप्तिको चाहना ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.