‘प्रतीक्षामा एउटा जागित्र’

Share this
681shares
मुलुकी खबर
मनि राई ‘गोठाले’
clock२०८२ साउन १०, शनिबार १३:१९

प्रागैतिहास,
पिठिउँमा बोकेर सानी छोरी
अलिकति सपना
र आशाको दृष्टि
क्षितिजको गडतीरमा
बिच्छाएर लम्पसार
अलि कुप्रो–कुप्रो
ठिङ्ग उभिएको छ मङ–फु–शान ।

गाउँघरको गोरेटो बाटो खोज्दै
नीलकुंजरी फूल स्पर्श गर्न
प्रेममा काकाकुल मुटुलाई
अर्धाङ्गिनीको वक्षस्थलमा टेकाउन
कहिले आइपुगेन
यायावर उनीको ख्वामित
अलि कुप्रो–कुप्रो,
ठिङ्ग उभिएको मङ–फु–शानलाई सम्झेर ।

उसलाई त थाहा छ,
कि अब उसले
भुल्नुपर्छ नीलकुंजरी फूल
र आफ्नै शरीरको देब्रे पाटोलाई ।

यसरी नै,
समयको कुनै समयमा
एक निमेष
अवसान ईश्वरको भयो
तब समय,
मरेपछि ईश्वर पातकी, छुताकी भयो ।

अनि,
ठिङ्ग उभियो अलि कुप्रो–कुप्रो,
एउटा आदिम मङ्ग–फु–शान ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.