गजल

Share this
766shares
मुलुकी खबर
सूयर्माराज राई
clock२०८२ साउन १७, शनिबार १३:३८

तिमी बिनाको घर, घरजस्तो छैन
तिमी नहुँदाको भर, भरजस्तो छैन ।

बाटो बिराइ बरालिएर हिँडे कति
तिमी नहुँदाको डर, डरजस्तो छैन ।

प्वाँख हाली बेफिक्री उड्छन् इच्छाहरु
तिमी नहुँदाको रहर, रहरजस्तो छैन ।

झिलिमिली छ परिवेश अनि मौसम
तिमी नहुँदाको सहर, सहरजस्तो छैन ।

जीवन बाँच्नुको अर्थ अरुका लागि पो
तिमी नहुँदाको कर, करजस्तो छैन ।

यायावर जिन्दगीलाई न टेको, न त आड
तिमी नहुँदाको थर, थरजस्तो छैन ।

रातलाई दुःस्वप्नले लघार्छ, लतार्छ
तिमी नहुँदाको प्रहर, प्रहरजस्तो छैन ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.