
खुसीहरु छेकिदिने, पर्दाको कहानी,
के सुनाउँ ? नियतिले, हर्दाको कहानी ।
मनको आकाशबाट, वशन्त नहाँस्दै,
अनायासै स्वप्न–जून, झर्दाको कहानी ।
किन अझै दोहोरिन्छ ?, झुमावतीलाई,
रिकुटेले जस्तो घात, गर्दाको कहानी ।
जयमायालाई सोध, सुबेदार बाले,
बहुलाएको टकाब, तर्दाको कहानी ।
हृदय कति कुँडिन्छ, मलाई थाहा छ,
यो नाडीमा तिम्रो नाम, भर्दाको कहानी ।
एउटै महान मृत्यु, मर्नु पो जिन्दगी,
कति लेखुँ ? घरी–घरी, मर्दाको कहानी ।



















