लघुकथा : चोर

Share this
686shares
मुलुकी खबर
सुरेशकुमार पाण्डे
clock२०८२ साउन ३१, शनिबार ०८:३१

‘चोर चोर चोर’ – केही व्यक्तिहरू दौडिरहेका थिए ।

मोहनलाल पनि उनैको पछिपछि लाग्यो । मोहनलाललाई देखे र जागे पनि पछि लाग्यो । सबै दौडेर चोरलाई छोप्ने प्रयासमा थिए । मिलनचौकमा पुगेपछि चोरलाई च्याप्पै समाते ।

‘कसको के चोरीभयो ?’ –जागे मोहनलालको नजिक पुग्यो र सोध्यो । ‘खै मलाई पनि त थाहा छैन, केही व्यक्तिहरू चोर–चोर भन्दै दौडेका थिए, म पनि उनैको पछि लागें,’ मोहनलालले भने ।

‘यसको खोल्टीमा हेर त’ – भिडबाट एकजनाले भन्यो । ‘कहाँ लुकाइस् भन त ?’ – आर्कोले त्यो केटाको कठालो छोप्दै भन्यो ।

‘मैले कसैको केहि पनि चोरेको छैन ।’ म त्यो कुनामा जुत्ता पोलिस गर्छु । नपताए यहाँ भएका सबैलाई सोध्नोहोस्’– उसले सफाइ दिंदै भन्यो । तर भिडले उसको कुरा सुन्दै सुनेन ।

‘भन् त केटा त्यो सिख्री कहाँ राखेको छस् ?’– त्यही भिडबाट आर्को जना बोल्यो ।

‘हजुरहरूले किन पत्याउँनु हुँदैन ?’ मलाई पिटेर हजुरहरूको सिख्री मिल्छ र ? बरू असली चोर खोजौं ।’–उसले हात जोडेर बिन्ति गर्दै छ । त्यो देखेर मोहनलाललाई केटाप्रती दयाजाग्यो ।

‘सुनौँ यसको कुरा पनि सुनौँ ।’–मोहनलाल बिचमा आएर भने ।

‘भन् भन् ! के भन्न खोजेको छस् ?’–त्यही भिडबाट आर्कोले भन्यो ।

‘म’ यो ठाउँबाट कतै गएको छैन, त्यहाँ बसेर जुुता पोलिस गर्दै थिएँ, एउटा दाइ आए मलाई च्यापै छोपे अनि तँ चोरहोस् केटा भने । मैले सोंचे उसले ठट्टा गरेको होला त्यतिन्जेल हजुरहरू आगपुग्नु भयो मेरो कुरा नै सुन्नु भएन ।’– उसले बतायो ।

‘काँ छ त्यो केटा ?’– जागेले सोध्यो यताउता कतै थिएन् ।

‘खै त अहिले तिनि यतै थिए थाहा नै भएन कता गए ।

‘भिडको फाइदा उठाएर असली चोर फरार भयो, बिचरा गरिब केटा फन्दामा पर्यो ।’– मोहनलाल त्यो केटालाई छाड्न अनुरोध गर्दै भने ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.