वीरगन्जमा फैलियो हैजाको प्रकोप

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ७, शनिबार १२:५४

विराटनगर । वीरगन्जमा हैजाको प्रकोप तीव्र रूपमा फैलिएको छ । हैजा महामारीको रूपमा फैलिएको हो ।

नारायणी अस्पताल र विभिन्न निजी अस्पतालमा झाडापखालाका बिरामी बढिरहेका बेला शनिबार मात्रै थप ७ जनामा हैजा पुष्टि भएको छ । यससँगै वीरगन्ज क्षेत्रमा हैजाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको हो ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार शुक्रबार झाडापखालासहित उपचाररत १५ जनामध्ये ८ जनालाई परीक्षण गर्दा ५ जनामा हैजा पुष्टि भएको छ । संक्रमित वीरगन्ज महानगरपालिका–१२ मुर्ली टोलका बासिन्दा हुन् ।

यस्तै, वीरगन्जकै अर्को अस्पतालमा शनिबार थप २ जनामा हैजा पुष्टि भएको महानगरको स्वास्थ्य शाखा प्रमुख राजु साहले जानकारी दिए । ती बिरामी वडा नम्बर ११ र १३ का हुन् । यसअघि शुक्रबार तराई हस्पिटलमा ३० जनाको परीक्षण गर्दा ३ जनामा हैजा पुष्टि भएको थियो ।

वीरगन्ज–१४, बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा झाडापखालाका १३ जना बिरामी भर्ना भएका छन् । ती सबैको नमुना परीक्षणका लागि स्वास्थ्य कार्यालय पर्सा पठाइएको अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले बताए । उनका अनुसार तीमध्ये ३ जनाको अवस्था गम्भीर छ।

संक्रमण बढ्दै जाँदा मृत्युसमेत हुन थालेको छ । शुक्रबार साँझ वीरगन्ज हेल्थ केयर अस्पतालमा ल्याइएकी पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती र नारायणी अस्पतालमा ल्याइएका वीरगन्ज–१६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । तर, उनीहरूको मृत्यु हैजाकै कारण भएको हो वा होइन भनेर यकिन छैन ।

नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको छ । हैजा फैलिएको वीरगन्ज–१२, मुर्ली टोलमा शुक्रबार रातिदेखि नै रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

मेयर राजेशमान सिंहको निर्देशनमा खटिएको टोलीले घर–घर पुगेर अवस्थाको जानकारी लिएको छ । सतर्कता अपनाउन आग्रह गरेको छ । टोलीले त्यहाँ प्रयोग भइरहेको पिउने पानीको नमुना संकलन गरेर काठमाडौंको टेकुमा परीक्षणका लागि पठाएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

उनका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलोपटक हैजाको प्रकोप देखिएको हो । दूषित खाना वा पानीमार्फत ‘भिब्रियो कोलेरी’ नामक जीवाणु शरीरमा प्रवेश गर्दा हैजा लाग्ने गर्दछ । यसको मुख्य लक्षण निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भएर मांसपेसी दुख्ने र ज्वरो आउने हो ।

अहिले वीरगन्जमा हैजासँगै झाडापखालाका बिरामीको संख्यामा अस्वाभाविक वृद्धि भएकाले स्वास्थ्य निकाय सतर्क बनेको छ । परीक्षण नतिजा र नियन्त्रण अभियान कति प्रभावकारी हुन्छ भन्ने कुराले आगामी स्थिति निर्धारण गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×