मोती जयन्तीमा साहित्यिक कार्यक्रम 

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ८, आइतबार ०९:३५
मोती जयन्तीमा साहित्यिक कार्यक्रम 

विराटनगर । युवा कवि मोतीराम भट्टको जन्म जयन्तीको अवसरमा छन्दवाटिका नेपाल विराटनगरले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

‘मोती जयन्ती विशेष’ नाम दिइएको उक्त कार्यक्रममा भट्टको साहित्यिक कृतित्व, व्यक्तित्व र नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण तथा सम्मान गरिएको छ ।

कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रा. कविराज न्यौपाने र केशु विरहीलगायतले भट्टको जीवन वृत्त र साहित्यिक योगदानबारे चर्चा गरेका थिए । वक्ताहरूले मोतीराम भट्टले नेपाली साहित्यमा पुर्‍याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै नयाँ पुस्ताका स्रष्टाहरूले त्यसबाट प्रेरणा लिनुपर्ने धारणा राखेका थिए ।

परिचर्चा सत्रपछि आयोजित रचना वाचन कार्यक्रममा ३ दर्जनभन्दा बढी साहित्यकारले भट्टलाई समर्पित कविता, गजल र मुक्तक वाचन गरेका थिए ।

रचना वाचन गर्ने स्रष्टामध्ये ऋषि तिवारी, उमानाथ भट्टराई, गोपाल निर्भीक, लक्ष्मी घिमिरे, शुभलक्ष्मी लम्साल, चूडामणि अकिञ्चन, डोमी कामत, नवराज नवशीला, राधा भट्टराई, पुण्य चौलागाईं, किरण अन्जान, जीवन काश्यप, बाबुराम पोखरेल, प्रिन्स प्रमोद, रमेश निरौला, सिजन श्रेष्ठ, सुशीला प्रसाईं, गोविन्द ढुंगानालगायत थिए ।

मोरङ र सुनसरीका विभिन्न ठाउँबाट साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा छन्द वाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलले सभापतित्व गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा. कविराज न्यौपाने उपस्थित थिए ।

वि.सं. २०७२ मा कवि हरि कट्टेलको संयोजनमा स्थापना गरिएको छन्द वाटिका नेपालले निरन्तर रूपमा अग्रज स्रष्टाहरूको सम्मान, साहित्यिक कृति प्रकाशन र रचना वाचन कार्यक्रम गर्दै आएको छ । संस्था साहित्यिक चेतना अभिवृद्धिमा क्रियाशील रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.