राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ, मनमोहन कार्डियोथरासिक केन्द्रमा भर्ना

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २५, शनिबार १५:१४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

शनिबार बिहान जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय भएको थियो । तर, स्वास्थ्यमा समस्या देखिएपछि उनले उक्त बैठक २ दिनका लागि स्थगित गरेका छन् । छलफल सोमबारलाई सारिएको छ ।

राष्ट्रपतिलाई अस्पताल लगिएको केही समयपछि चिकित्सक टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण सुरु गरेको अस्पताल स्रोतले जनाएको छ । हाल उनको अवस्था सामान्य रहेको र थप परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यबारे चिकित्सक टोलीले आवश्यक परीक्षणपछि विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । उनले केही दिनदेखि अस्वस्थ महसुस गरिरहेका थिए ।

शीतल निवासका अनुसार चिकित्सकहरूको सल्लाहअनुसार राष्ट्रपतिलाई अस्पताल पुर्याएको हो । हाल उनको उपचार विशेषज्ञ डाक्टरहरूको निगरानीमा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
दसैँ-तिहार सुरक्षामा ५० हजार प्रहरी परिचालन
सरकारद्वारा तीन अध्यादेश जारी गर्न सिफारिस
संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×