६२ वर्षीया महिलाको बीभत्स हत्या

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २५, मंगलबार ११:४४
सांकेतिक तस्बिर

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७, नौवाखोरमा एक महिलाको बीभत्स हत्या भएको छ। ६२ वर्षीया चन्द्रकला देवी दासको अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा सोमबार साँझ घरभन्दा करिब ५०० मिटर टाढा खेतमा शव फेला परेको हो।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेश बमका अनुसार प्रहरीलाई राति ९ बजे घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल टोली घटनास्थल पुगेको थियो । प्रहरीको भनाइअनुसार हत्यापछि मृतक महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको छ।

प्रहरीले लुटिएका गहनाहरू बरामद गरिसकेको छ, यद्यपि कसले लुट्यो भन्नेबारे खुलाएको छैन । स्थानीयका अनुसार, मृतक महिला मिटरब्याज पीडित थिइन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.