विश्वकप फुटबलको समूह विभाजन सार्वजनिक

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार ०६:५९

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप–२०२६ को समूह विभाजन सार्वजनिक भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अमेरिकाको वासिंटन डिसीमा एक समारोहबीच प्रतियोगिताको समूह विभाजन गरेको हो ।

फिफाको ‘ड्र’ अनुसार साविक विजेता अर्जेन्टिना सहज समूहमा परेको छ । कतार विश्वकप–२०२२ को च्याम्पियन अर्जेन्टिना समूह ‘जे’मा छ । यो समूहमा अर्जेन्टिनासँगै, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् ।

साविक उपविजेता फ्रान्स समूह ‘आई’मा छ । यो समूहमा फ्रान्ससँगै सेनेगल, नर्वे र प्लेअफ–२ बाट आउने टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पाँच पटकको च्याम्पियन ब्राजिल समूह ‘सी’मा परेको छ । यो समूहमा ब्राजिलसँगै गत संस्करणको सेमिफाइनलिस्ट मोरोक्को, हाइटी र स्कटल्यान्ड छन् ।

यस्ता छन् अरु समूह
प्रतियोगिताको यो संस्करणमा कुल ४८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी १२ समूहमा विभाजन गरिएको छ । जसमध्ये हालसम्म ४२ टिमको टुंगो लागिसक्दा बाँकी ६ टिम भने प्लेअफबाट छनोट हुनेछन् ।

विश्वकप आगामी वर्षको जुन ११ देखि जुलाई २० सम्म अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न सहरमा आयोजना हुने तालिका छ ।

समूह ‘ए’– मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपियन प्लेअफ–डी

समूह ‘बी’– क्यानडा, युरोपियन प्लेअफ–ए, कतार र स्वीट्जरल्यान्ड

समूह ‘सी’– ब्राजिल, हाइटी, मोरोक्को र स्कटल्यान्ड

समूह ‘डी’– अमेरिका, पराग्वे, अस्ट्रेलिया र युरोपियन प्लेअफ–सी

समूह ‘इ’– जर्मनी, क्युराकाओ, आइभेरी कोस्ट र इक्वेडर

समूह ‘एफ’– नेदरल्यान्ड्स, जापान, युरोपियन प्लेअफ–बी र ट्युनिसिया

समूह ‘जी’– बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड

समूह ‘एच’– स्पेन, केप भर्ड, साउदी अरेबिया, उरुग्वे

समूह ‘आई’– फ्रान्स, सेनेगल, प्लेअफ–२, नर्वे

समूह ‘जे’– अर्जेन्टिना, अल्जेरिया, अस्टिया र जोर्डन

समूह ‘के’– पोर्चुगल, प्लेअफ–१, उज्वेकिस्तान र कोलम्बिया

समूह ‘एल’– इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×