जिल्ला न्यायाधीशमा २० जना सिफारिस

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १२:४३

काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीश पदका लागि लिइएको परीक्षामा उत्तीर्ण २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषद्को निर्णयअनुसार अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिस्ट्रार शिवप्रसाद आचार्य, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी, न्याय परिषद् सचिवालयका उपसचिव हीरालाल भुसाल, कोशी प्रदेशसभा सचिवालयका उपसचिव डिल्लीप्रसाद आचार्य, विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई र न्याय परिषद् सचिवालयका उपसचिव सुमन पाण्डे सिफारिस सूचीमा परेका छन् ।

यसैगरी सर्वोच्च अदालतका उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी र वासुदेव पाण्डे, रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेत, काभ्रेपलाञ्चोक जिल्ला अदालतकी श्रेस्तेदार इन्दिरा कार्की, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता बाबुराम भट्टराई, उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता टेकराज भुसाल, सर्वोच्च अदालतका इजलास अधिकृत गोकुल पन्त, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्ट्रार वीरेन्द्रप्रकाश खड्का, उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार महेन्द्रप्रसाद पौड्याल, ऋण असुली पुनरावेदन न्यायाधिकरणका श्रेस्तेदार ललित सापकोटा र न्याय परिषद् सचिवालयकी उपसचिव खेमकुमारी बस्नेत पनि सिफारिस भएका छन् ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार कर्णबहादुर राई र उपरजिस्ट्रार हीरामाया अवाललाई समेत जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.