धरानबाट १४ क्वीन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १२:५७

सुनसरी । सुनसरीको धरानबाट प्रहरीले बिहीबार बिहान १४ क्वीन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । १ क्वीन्टलमा सय किलोग्राम हुन्छ ।

लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ सारंगबाट बिहान ९ बजेतिर ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो । सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार ट्रकमा लोड गरेर धनकुटातिरबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो ।

सडकमा गुडिरहेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो । ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीको भनाइ छ । उनका अनुसार मुलाको बोरासँगै सेतो बोराभित्र प्याक गरी ट्रकमा लोड गरेर गाँजा ल्याइएको थियो ।

ट्रकबाट १ हजार ४ सय २० किलोग्राम गाँजा बरामद भएको एसपी रेग्मीको भनाइ छ । गाँजा बरामद भएसँगै ट्रकमा रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भूपेन्द्र राई रहेका छन् ।

उनीहरुले ट्रकमा मुला ओसारपसार गरेजस्तो देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । गाँजा बरामद गरेर ट्रक नियन्त्रणमा लिएको प्रहरीले दुवै जनामाथि अनुसन्धान सुरु गरेको छ । उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.