विराटनगरमा भारतीय कारबाट ७२ किलो गाँजा बरामद, ३ जना पक्राउ

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ९, आइतबार १३:२०

विराटनगर । विराटनगरमा भारतीय नम्बर प्लेटको कारबाट आइतबार बिहानका राति लागुऔषध गाँजा बरामद भएको छ ।

कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा बरामद भएको हो । रानीबाट भेडियारीतर्फ जाँदै गरेको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले आईसीपी सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले रोक्नासाथ कार ‘लक’ गरेर चालक फरार भएका थिए । कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार करनजिकै रहेका अन्य ३ जना भारतीय नागरिकलाई भने प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजक रहेको बस्नेतले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीनै जना गाँजा ‘रिसिभ’ गर्न आएको पत्ता लागेको छ । ‘प्रहरीलाई देख्नासाथ कार रोकेर ‘लक’ गर्दै चालक फरार भए । कारमा लोड गरेर ल्याइएको गाँजा ‘रिसिभ’ गर्न ३ जना भारतीय बसिरहेको पाइयो,’ एक प्रहरीले भने, ‘उनीहरुलाई तत्काल पक्राउ गरिएको छ । कार चालकको खोजी जारी छ ।’

तत्काल फेला नपरेको भए गाँजा भारत पुर्याउने योजना रहेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएको कारसहित बरामद भएको गाँजा र पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.