खैरो हेरोइनसहित विराटनगरबाट २ जना पक्राउ

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १३, बिहीबार २०:१६

विराटनगर । विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । विराटनगर महानगरपालिका–१५ का २१ वर्षीय तिलक यादव र भारतको अररिया जोगवनी–११ का २१ वर्षीय विशालकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई विराटनगर–१५ स्थित राइजिङ बोर्डिङ स्कुलनजिकबाट दिउँसो ३ बजेतिर पक्राउ गरेको हो । भारतको जोगवनीबाट आउँदै गरेको को २५ प २११ नम्बरको स्कुटरलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरुको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १३.२८ ग्राम बरामद भएको डीएसपी बस्नेतको भनाइ छ ।

पक्राउ परेकामध्ये यादव स्कुटर चालक हुन् भने साह पछाडि सवार थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.