
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको भेन्टिलेसन फुटाएर भागेका थुनुवाहरु धमाधम पक्राउ परिरहेका छन् । हालसम्म पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
भेन्टिलेसन फोडेर ९ जना थुनुवा भागेका थिए । पछिल्लोपटक ३ जना पक्राउ परेका छन् । लागुऔषध मुद्दाका अमितकुमार झा, रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरीले धनुषाको लखौरीबाट पक्राउ गरेको हो । यसअघि लागुऔषध मुद्दाका रोशनकुमार मण्डल, अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका विक्की कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । भेन्टिलेसन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट आइतबार राति नै पक्राउ परेका थिए ।
हिरासत फोडेर भाग्नेमध्ये १८ वर्षीय मनिष मण्डल र विशाल मुखिया पक्राउ परेका छैनन् । लागुऔषध र अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका थुनावामध्ये ९ जना हिरासतको भेन्टिलेसन काटेर फरार भएका थिए ।

























