कोशीमा बाढी पहिरोमा परेर ११ जनाको मृत्यु, ९ जना बेपत्ता

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १२, शनिबार १८:५६
फाइल फाेटाे

विराटनगर । कोशी प्रदेशमा बाढी र पहिरोमा परेर हालसम्म ११ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ । धनकुटा र सोलुखुम्बुमा २/२ तथा इलाम र उदयपुरमा १/१ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए ।

उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवासी जनजाति महासंघको ट्रस्ट भत्किँदा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा डेरा बस्थिन् ।

फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । प्रहरीका अनुसार उनी राजकुमार नेम्वाङको घरमा डेरा बसेर फुरुङ्गा हाइड्रोपावरमा काम गर्थे ।

फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । आफ्नै घरनजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमा पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ । वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षिया बुहारी रुपा मगरको मृत्यु भएको हो ।

त्यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ की ३२ वर्षीया आशा तामाङ र उनी आमा ५० वर्षीया रामुकुमारी तामाङको मृत्यु भएको छ । पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका– १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मइतबहादुर लिम्बू्को मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएका जानकारी एसएसपी दाहालले दिए ।

यता बाढी र पहिरोमा परेर सबैभन्दा धेरै पाँचथरमा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन् ।

फिदिम–१ का राजकुमार नेम्वाङको घरमा डेरा लिएर बस्ने उनीहरु सबै जनाले फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् ।

झापा गौरीगन्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् । कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।

कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवा खोलाले बगाएर २ दिनदेखि बेपत्ता छन् ।

बाढी र पहिरोमा परेर ४ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धनकुटामा २ तथा ओखलढुंगा र पाँचथरमा १/१ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तो छ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको क्षतिको पछिल्लो विवरण । यसमा सोलुखुम्बु र उदयपुरमा मृत्यु भएको विवरण भने समेटिएको छैन ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.