घट्यो कोशीको दोस्रो ठूलो बाढी

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १५:२०
सप्तकोशीमा पानीको सतह बढ्दा ३१ वटा ढोका खोलियो 

विराटनगर । सप्तकोशी नदीमा आएको बाढी घटेको छ । ब्यारेज निर्माण भएयता दोस्रो ठूलो बाढी बिस्तारै घट्न थालेको हो ।

सन् १९६२ मा निर्माण सम्पन्न भएको ब्यारेजमा सन् १९६८ मा अत्याधिक बाढी मापन भएको थियो । आज बिहान  ५६ वर्षयता कै उच्च मापन भएको कोशीमा विस्तारै बाढी घट्न थालेको कोशी भुआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले बताए ।

आइतबार बिहान कोशी ब्यारेजमा बाढीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो । जुन १९६८ अक्टोबरयताको धेरै हो । सिटौलाका अनुसार १९६८ अक्टोबर ५ मा कोशीमा ७ लाख ८८ हजार २ सय क्युसेक बहाव मापन भएको रेकर्ड छ । बिहानबाट भने कोशीको बहाव घट्न थालेको छ । जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खुला छन् ।

२०६५ साल भदौ २ गते कोशीको पूर्वतर्फको बाध फुटेर बस्तीमा पस्दा १ लाख ६८ हजार क्युसेक बाढी मापन भएको थियो । सन् १९६२ मा बनेको कोशी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको बहाव थेग्नसक्ने क्षमता छ । तर ब्यारेज भन्दा उत्तरतर्फ बालुवाले पुरिएका कारण क्षमतामा बहाव थेग्न सक्ने अवस्था छैन ।

वर्षाैपछि आएको ठूलो बाढीका कारण उदयपुरको बेलका नगरपालिका २ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्तीमा कोशीको बाढीका कारण डुबान भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ गोबरगाढा टापुमा सोमबार बिहानदेखि कोशीको बाढी पसेको छ । बेलका र क‌कालिनीमा पानीको बहाव धेरै भएपछि ओभर फ्लो भएर पसेको सिटौलाले बताए ।

भारतको प्रक्षेपण मिल्यो

भारतीय पक्षले कोशीको बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेको भन्दै कोशीसँग जोडिएका भारतको ८ जिल्लामा अलर्ट नोटिस जारी गरेको थियो । बाढीको बहाव आकलन नजिक ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । पानीको बहावको इकाइलाई क्यूसेक भनिन्छ । सामान्यतया पानीको बहाव कति छ भनेर थाहा पाउन क्यूसेकको प्रयोग नदीहरूमा गरिन्छ । यो प्रतिसेकेन्डमा मापन हुन्छ ।

भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा नोटिस जारी गरेका थिए । बाढीका कारण भारतको ८ जिल्लाको सयौ‌ परिवार विस्थापित भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.