कोशीमा बाढी पहिरो : कुन जिल्लामा कति क्षति ?

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १३, आइतबार १९:०१
फाइल फाेटाे

विराटनगर । बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण १८ जनाको मृत्यु भएको हो । सात जना बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ताको खोजी जारी छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालका अनुसार पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर पाँचथरमा ५, झापामा १ र मोरङमा १ जना बेपत्ता छन् ।

धनकुटस्थित तमोर नदीमा दुई जनाको शव फेला परेको छ । उनीहरुको पहिचान खुलेको छैन ।

बाढी पहिरोका कारण ६४ वटा पशुचौपाया मरेका छन् । १९ वटा पक्की घर भत्किएको छ, ५८ वटा घरमा आंशिक क्षति पुगेको छ । ५४२ परिवार विस्थापित भएका छन् ।

बाढी र पहिरोका कारण उत्तरी जिल्लाजोड्ने सडक र पुलमा क्षति पुगेको छ । प्रहरीका अनुसार मेची राजमार्गमा पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको छ । फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका ७ जोड्ने हेवाखोलाको पुल बाढीले बगाएका कारण ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको हो । शनिबार बाढीले मेची राजमार्गको बेलिब्रिज बगाएको थियो ।

बाढीले उदयपुरसँग खोटाङ जोड्ने सडक पनि अवरुद्ध भएको छ । सुनकोशी नदीले पक्कीपुल बगाउँदा उदयपुर र खोटाङको सडक सम्पर्क पनि बिच्छेद भएको छ । उदयपुरको रौतामाई नगरपालिका– ५ र खोटाङको खेटेहाङ गाउँपालिका– ७ जोडने पक्की पुल सुनकोशीले बगाएपछि सम्पर्क बिच्छेद भएको हो । सिद्धचरणलोक मार्ग अन्तरगतको ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ ।

झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । प्रदेशमा बाढीले १४ वटा झोलुङ्गे पुल, ९ वटा पक्की पुल र ३ वटा काठेपुलमा क्षति पुर्याएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.