अख्तियारमा स्थानीय तहको उजुरी धेरै

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १४, सोमबार १८:५१

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सोमबार प्रदेश प्रमुख परशुराम खापुङलाई ३४ औं वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई प्रतिवेदन बुझाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेले प्रतिवेदन बुझाउँदै स्थानीय तहका उजुरी सबैभन्दा बढी परेको जानकारी दिए । अख्तियार कार्यालय इटहरीमा आर्थिक बर्ष २०८०/०८१ मा सबैभन्दा धेरै स्थानीय तहका ३८.९१ प्रतिशत उजुरी परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख न्यौपानेले शिक्षामा १५.७९ प्रतिशत, गैरकानुनी सम्पति आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत र भूमि प्रशासनसँग सम्बन्धित ६.४ प्रतिशत उजुरी परेको बताए । यस्तै नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ४.७१ प्रतिशत, वन तथा वातावरणका ३.८२ प्रतिशत, स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा ३.६ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१ प्रतिशत, गृह प्रशासनको ३.५२ प्रतिशत, अर्थ क्षेत्रसँग सम्बन्धित २.१३ प्रतिशत, जलस्रोत तथा सिँचाइका २.१० प्रतिशत, खानेपानीका १.६१ प्रतिशत उजुरी परेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा २६ हजार ९ सय १८ वटा विभिन्न माध्यमबाट परेका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीसमेत गरेर गत वर्ष ३६ हजार १८६ रहेका छन् । जसमध्ये २७ हजार ७ सय १४ वटा उजुरी फछर्यौट भएका छन् ।

विशेष गरी आयोगमा गैरकानुनी लाभ वा हानी पुर्याउने , घुस/रिसवत लिने दिने , सार्वजनिक सम्पत्तिको हिनामिना र दुरुपयोग गर्ने, गैरकानुनी सम्पत्ति आर्जन गर्ने, झुठा/नक्कली शैक्षिक प्रमाणपत्र लिई व्यक्तिलाई लाभ पुर्याउने सरकारी कोषको दुरुपयोग गर्ने, सरकारी राजस्व चुहावट   गर्ने, गलत लिखित तयार गर्ने वा प्रतिवेदन दिने, कागजात सच्याउने, परीक्षाको गोपनीयता भंग गर्ने, परिणाम फेरबदल गर्ने जस्ता प्रकृतिका मुद्दा बढी उजुरी परेका छन् ।

प्रतिवेदन बुझ्दै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले गतवर्ष पनि स्थानीय तहका उजुरी बढी परेका र अहिले पनि स्थानीय तहका उजुरी बढी परेको भन्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सभ्य समाज निर्माण गर्न आयोग सहित सम्पूर्ण एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । भ्रष्टाचार समाज र राष्ट्र विकासको बाधक भएको बताउँदै उनले जरैदेखि निर्मूल गर्न आग्रह गरे ।

आयोगको कोशी प्रदेशका ११ जिल्लासहित मधेश प्रदेशको सप्तरी जिल्ला हेर्ने गर्छ । ३४ औं प्रतिवेदनमा ६ परिच्छेद र ५ सय २४ पृष्ठ रहेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.