
काठमाडौं । कोशी प्रदेशमा भोलि बुधबारदेखि वर्षाको सम्भावना बढेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना छ । जसको धेरै असर कोशी प्रदेशमा हुनेछ ।
वर्षा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकीमा सामान्य वर्षाको सम्भावना छ ।
असोज १० देखि १२ गतेसम्म लगातार परेको झरीले भिजेको जमिन सक्न नपाउँदै पुन झरी पर्ने भएकाले कमजोर पहाडी जमिनमा पहिरो जान सक्छ । झरीको समयमा यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नियमित बुलेटिनमा आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

























