बेलबारीमा बस र बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार २२:०२

विराटनगर । मोरङको बेलबारीमा बस र बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ पूर्वपश्चिम राजमार्गको बेलबारी नगरपालिका– ३ खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बोलेरो चालक मोरङ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय  नोबेल अस्पतालमा लगिएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूराे अस्पताल विराटनगर ल्याइएकाे थियाे । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको माेरङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.