फाइल फाेटाेकाठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । २५ जना अझैसम्म बेपत्ता छन् ।
घटनामा १ सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ ।
खोज, उद्धार र सहायताको काम भइरहेको उनले बताए । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

























