बार अध्यक्ष घिमिरेविराटनगर । सर्वोच्च अदालतको सूचना अधिकारीसमेत रहेका उपरजिष्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतमा दायर गरेको अवहेलनाको प्रतिवेदन फिर्ता लिने बताएका छन् ।
प्रधानन्यायाधीशले अवकाशको बेलामा लेनदेन गरेर न्यायाधीश नियुक्त गरेको सुनिएको भन्दै बार अध्यक्ष घिमिरेले अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने दाबी गर्दै उपरजिष्ट्रार घिमिरेले प्रतिवेदन तयार पारेका थिए । जसको सुनवाई दसैं पछिलाई तोकिएको छ । प्रतिवेदनमाथि सर्वोच्च प्रशासनले कात्तिक १ गते तारेख तोकेको छ ।
उपरजिष्ट्रार घिमिरेले बुधबार राति सामाजिक सञ्जाल मार्फत कसैको प्यादा नबन्ने र प्रतिवेदन फिर्ता लिने स्टाटस लेखेका हुन् ।
‘म हिजोदेखि निदाउन सकेको छैन, जीवनभर प्रजातन्त्रको पक्षमा लागियो, बा सधैँ यसकै लडाइ लड्नू भयो, बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो,’ उनले लेखेका छन् ‘ त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु, अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु, म कसैको प्यादा बन्न चाहिन ।’


























