मेची राजमार्गको अवराेध अझै हटेन

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २०, आइतबार ११:०५
फाइल तस्बिर

विराटनगर । एक साताअघिको पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेको छ । सडक मर्मत गरेर यातायात खुलाउने प्रयास भइरहेका बेला पून पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेको छ । जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । यो सडक अवरुद्ध भएसँगै झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङको सडक सञ्जाल टुटेको छ ।

माथिबाट लेदो खस्ने क्रम जारी भएकाले पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

असोज १२ गते आएको बाढीले मोटरेबल पुल बगाएको पाँचथरस्थित हेवा र फेमे खोलामा भने यात्रुको आवतजावतको लागि बाँसको फड्के हालिएको छ । बाढीले हेवा खोलाको बेलिब्रिज र फिदिम फालौट सडक खण्डमा फेमे खोलाको मोटरेबल पक्की पुल बगाएको थियो ।

हेवा खोलामा नेपाली सेनाले फलामका पोल, लट्ठा, ग्याबिन जाली, बाँस र ढुंगा प्रयोग गरेर मोटरसाइकल, स्कुटर र मान्छे तर्न मिल्ने फड्के बनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.