मोरङको उर्लाबारीमा आगलागी, २७ लाख बढीको क्षति

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २१, सोमबार ०८:२२

विराटनगर । मोरङको उर्लाबारीमा सोमबार बिहानका राति आगलागी भएको छ । उर्लाबारी नगरपालिका–९ दुर्गापुरीका नैनसिंह गुरुङको घरमा आगलागी भएको हो ।

गुरुङको घरको सटर भाडामा लिएर उर्लाबारी–८ का दयाराम न्यौपानेले संचालन गर्दै आएको सुनचाँदी पसलबाट मध्यराति १२ः३० बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले सुनचाँदी पसलमा १० लाख बराबरको क्षति गरेको छ भने पसलभित्र राखिएको १ लाख नगद जलेको छ ।

आगलागीबाट घरमा आशिंक रूपमा क्षति पुगेको छ । करिब ७ लाखको क्षति पुगेको प्रहरीको भनाइ छ । सटर भाडामा लिएर श्याम न्यौपानेले चलाउँदै आएको न्यौपाने पुस्तक पसलमा ७ लाख बराबरको क्षति भएको र नगद ५ हजार जलेको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै, अनिता तिमल्सिनाले संचालन गर्दै आएको युना गिफ्ट फेन्सी पसलमा २ लाख बराबरको क्षति भएको उर्लाबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट २७ लाख बढीको क्षति पुगेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न स्थानबाट पुगेका दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.