फाइल तस्बिरविराटनगर । प्रहरीले धनकुटाको विभिन्न स्थानमा लगाइएको गाँजाका बोट फँडानी गरेको छ ।
पाख्रिबास नगरपालिका, शहिदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा फँडानी गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिए । उनका अनुसार खेती तथा बारीमा लगाएको र आफै उम्रिएका गाँजाको १० हजार बोट र विरुवा नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट असोज २१ गते खटिएको टोलीले शहिदभूमि गाउँपालिका– ३, ४ र ५ को १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार ५ सय, साँगुरीगढी– ७ र ८ मा २ हजार ५ सय र पाख्रिबास– १० मा ९ सय बोट गाँजा नष्ट गरेको छ ।

























