फाइल फाेटाेहेटाैडा । तेल ट्यांकरभित्रबाट प्रहरीले ३ सय ९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपलिका -१५ रातोमाटेबाट गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
थाहा नगरपालिकाको पालुङबाट बिरगंजतर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकरसहित चालक मकवानपुर मनहरी गाउँपालिका -९ ज्यामिरेका २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।

























