
विराटनगर । उदयरपुरमा प्रहरीले महिलाको टाउको बोकेर हिडिरहेका पुरुषलाई पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३६ वर्षीय जंग बहादुर घिसिङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले श्रीमतीको हत्या गरी टाउको बाकेर हिडेका हुन् । घिसिङले पनि श्रीमतीकाे हत्या गरेकाे स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार उनी डेराबाट श्रीमतीकाे टाउको बोकेर प्रहरी कार्यालय आइरहेका थिए । बाटोमा प्रहरीले भेटेपछि उनलाई हिँडाएर इलाका प्रहरी कार्यालय जलजलेमा लगेको थियाे । जलजलेबाट जिल्ला प्रहरी कार्यालयमा पठाएकाे छ ।
सामान्य घरायसी विवादमा उनले श्रीमती अन्दाजी २८ वर्षीय प्रमिला लामाको हत्या गरी टाउको बोकेर हिडेको देखिएको प्रहरीले बताएको छ ।
उदयपुरकै ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घरका उनीहरु जलजलेमा बस्दै आएका थिए ।

























