
विराटनगर । कोशी राजमार्ग अन्तरगत विराटनगरको बरगाछी चोकदेखि उत्तर खण्डको डिभाइडरमा कार ठोक्किएको छ ।
मंगलबार राति करिब साढे ९ बजे उत्तरतर्फ जाँदै गरेकाे बागमती प्रदेश ०१– ०२९ च ४८४३ नम्बरको कार सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चालक सुनसरी इटहरी उपमहानगरपालिका– ६ का ६८ वर्षीय राजेश श्रेष्ठ, कारमा सवार सोही स्थानकी ४० वर्षीया तारा श्रेष्ठ ६८ वर्षीया रमला श्रेष्ठ र १६ वर्षीय जनक बस्नेत सामान्य घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम भर्ना गरिएको छ । दुर्घटनामा कारको अगाडिका भागमा क्षति पुगेकाे छ ।
कार तिव्र गतिमा भएका कारण दुर्घटना भएको देखिएको प्रहरीले बताएको छ ।

























