लागूऔषध कारोबारी खोज्न पुगेको प्रहरीले भेट्यो नक्कली नोट

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २३, बुधबार ०७:२४

विराटनगर । सुनसरीमा प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

सुनसरी हरिनगर गाउँपालिका– ७ का हजरुल खातुनको घरमा प्रहरीले ५० हजार नक्कली नोट फेला पारेको हो । नक्कली नाेट भेटिएपछि प्रहरीले  खातुनलाई नियन्त्रणमा लिएको छ ।

घरमा लुकाएर राखेकाे अवस्थामा फेला परेका नोटहरू एक हजार दरका ५० वटा छन् ।

मंगलबार प्रहरीले खातुनको घरबाट लागूऔषध पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नक्कली नोटसँगै लागूऔषध  नाइट्रोजन ट्याब्लेट बरामद भएको हो । घटना पछि खातुनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अघि बढाइएकाे प्रहरीले जनाएकाे छ । 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.