
काठमाडौं । दसैंको बिदाअघि ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको छ ।
ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण सोधेर घिसिङलाई मन्त्रालयमा हाजिर गराउने तयारी सरकारको छ ।
स्पष्टीकरण सोध्ने निर्णयपछि मन्त्री खड्काले मन्त्रालयका सहसविच शम्भू मरासिनीको संयोजकत्वमा विद्युत् प्राधिकरण सञ्चालक समिति बैठक आज बुधबार बिहान ११ बजेका लागि डाकेका थिए । तर, बैठक रद्द स्थगीत भएको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले मन्त्रालयबाट १५ बुँदे विवरण मागेर पत्र आएको जानकारी दिएका छन् ।
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता भुक्तानीका कारण विद्युत् प्राधिकरण र उद्योगीबीच विवाद छ । साेही विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओली घिसिङसँग असन्तुष्ट छन् ।

























