दोहोरो स्वामित्व विवाद : पुस्ता फेरियो तर फेरिएन समस्या

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २५, शुक्रबार ०७:१३

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका– ४ का जहरमान लिम्बूले एउटै विषयमा बोल्न थालेको ४० वर्ष कट्यो । वि‍.स‌ं. २०३९ सालमा तत्कालिन शनिश्चरे गाविसको प्रधानपञ्च हुँदा सुकुमबासी समस्या समाधान गर्ने प्रयास गरेका लिम्बू पछिल्लो ४० वर्षको अन्तरालमा सुकुम्बासी नेता बने । तर उनले बोकेको सुकुमबासी र दोहोरो स्वामित्व विवाद समाधन हुनुकाे साटाे पहिलेभन्दा झन् पेचिलो बन्दै गएको छ ।

सुकुमबासी समस्या समाधानको माग गर्दै आन्दोलन गर्दा जेलनेल भोगेका लिम्बू जीवनको उत्तरार्धमा राज्यले समस्या समाधान गर्न चासो दिन्छ कि भनेर पर्खिरहेका छन् । तर उनको अपेक्षाविपरीत दोहोरो स्वामित्व विवाद अझ पेचिलो बन्दै गएको हो ।

‘प्रधानपञ्च हुँदादेखि सुकुमबासी र दोहोरो स्वामित्व समस्याका विषयमा छन् ।’ केही समयअघिको भेटमा लिम्बुले भनेका थिए,‘भूमी ऐन कार्यान्यनमा आएपछि सुकुमबासी समस्या लगभग समाधान हुन्छ । अब दोहोरो भू–स्वामित्व विवाद छ ।’

वर्षौं पुरानो जग्गा सट्टा भर्ना विवादले मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्र अस्थिर छ । वि.सं. २०३० को दशकमा झोडा फाँडेर बसेका र कोशी टप्पु, हुम्सेदुम्सेलगायत क्षेत्रबाट सट्टा भर्ना लिएर आएकाहरु बीचको विवादले नगरक्षेत्र अस्थिर बनेको हो ।

वर्षौंदेखि बसोबास गरिरहेकाहरु पुर्जाको जग्गा खोज्दै पुग्नेहरुलाई ‘भूमाफिया’ भएको दावी गर्छन् । सुकुमबासी अगुवा लिम्बू नक्कली लालपुर्जा भएका भूमाफियाहरु सक्रिय भएको बताउँछन् । तर सर्वोच्च अदालतबाट मुद्दा जितेर आएकाहरु आफ्नो जग्गा उपभोग गर्न नपाएको बताउँछन् ।

साविक केचना सट्टा भर्ना क्षेत्रमा १४० परिवारको तीन सयभन्दा बढी बिगाह जग्गा दोहोरो भूस्वामित्वमा परेको छ । ती मध्ये १९ जनाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले राज्यका नाममा जग्गा भोगचलन गर्ने व्यवस्था मिलाउन फैसला पनि ग¥यो । तर पुर्जा भएकाहरुले आफ्नो जग्गा उपभोग गर्न पाएका छैनन् ।

त्रासमा सुकुमबासी परिवार

बेला बेला पुर्जाको जग्गा खोज्दै नयाँ मान्छे शनिश्चरे क्षेत्रमा पुग्छन् । मान्छे आउँदा पथरीशनिश्चरे क्षेत्रका बासिन्दा आक्रोशित हुन्छन् । दुई पुस्तादेखि भोगचलन गर्दै आएको जग्गा छोड्न चाहँदैनन् सुकुमबासी परिवार ।

२०३५ सालदेखि उपभोग गर्दै आएको जग्गामा भूमाफियाहरू सक्रिय हुन थालेको सुकुमबासी परिवारको गुनासो छ । पथरी शनिश्चरे ३ का मौसम लिम्बूले आफ्नो बाजेहरूको पालादेखि भोगचलन गर्दै आएको जमिन कुनै हालतमा छोड्न नसक्ने बताउँछन् । गाउँघरमा भूमाफियाहरू मेरो जग्गा भन्दै धनीपुर्जा देखाउँदै आउन थालेपछि स्थानीय आक्रोशित बनेको बताउँछन् ।

पथरी शनिश्चरे सुकुमबासी समस्या समाधान गर्ने मुद्दा पूरा नहुने चुनावी नारा जस्तै बनेको छ । २०४६ सालपछिका प्रत्येक चुनावमा सुकुमबासी समस्या मुख्य मुद्दा बन्छ । तर चुनाव जितेर गएकाहरु फर्किएर बाचा पूरा गर्दैनन् । मुलुक संघीय संरचनामा गएपछि केचना सट्टा भर्ना क्षेत्र (पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका) मोरङ क्षेत्र नम्बर ३ मा पर्छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.