
काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको रोशी– ११ पिप्लेमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार बेलुकाबाट एकतर्फी खुलेको हो ।
बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ ।
यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज.६८१७ नम्बरको सुमोलाई पुरेको थियो । पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाएको थियो ।

























